नेभिगेसन मेनु

‘जोस, जाँगर र साहसका साथ अर्थतन्त्र सुधार्छु’
सम्पादक:南亚网络电视
समय:2023-04-11 13:35

thumb (1)

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले ४९ वर्षअघि मिठाईबाट व्यावसायिक यात्रा सुरु गरेका हुन् । अटोमोबाइल, डन्डी, स्टिल, दुग्धपदार्थ उत्पादनदेखि खाद्य उद्योगसम्ममा उनको लगानी छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वउपाध्यक्ष उनी नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन् ।

२० वर्षदेखि महासंघका विभिन्न भूमिकामा काम गरेका उनी वस्तुगत परिषद् सभापति छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठसँग चुनावी एजेन्डा, वर्तमान आर्थिक अवस्था तथा समाधानको उपाय र सहमतिको सम्भावनाबारे कान्तिपुरले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसक्नुभएको छ, तपाईंका चुनावी एजेन्डा के–के हुन् ?

मुख्य चुनावी एजेन्डाबारे हामीले नारा नै बनाएका छौं– जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र भनेर । नेपालमा निजी क्षेत्रको भूमिका अहम् छ । यो झन् बढ्दै गएको अवस्था छ । पहिला अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ७० प्रतिशत भनिन्थ्यो, अब ८० प्रतिशत पुगेको छ । रोजगारी सिर्जना गर्नेमा निजी क्षेत्रको हिस्सा ८६ प्रतिशत छ । अब निजी क्षेत्र जीवन्त भएन भने यसले अर्थतन्त्रमा थप भूमिका खेल्न सक्दैन । अहिले निजी क्षेत्र समस्यामा छ । ब्याजदर, तरलतालगायतले अर्थतन्त्र समस्यामा परेको छ । पूर्वाधार विकासमा समस्या छ । नीतिगत समस्या बढेका छन् । यी सब समस्याबाट पार पाउन पहिला निजी क्षेत्रलाई जीवन्त बनाउनुपर्‍यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर