नेभिगेसन मेनु

संक्रमणकालीन न्यायलगायतका विधेयकबारे शीर्ष नेताहरूबीच छलफल
सम्पादक:南亚网络电视
समय:2023-04-11 13:33

thumb

बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता सहभागी छन् ।

बैठकमा संक्रमणकालीन न्याय, संसद्को हिउँदे अधिवेशन कहिलेसम्म गर्ने, संसदीय समिति गठन, संवैधानिक परिषद्सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले संक्रमणकालीन विधेयकलाई सदनबाटै पारित गर्न चाहेको छ भने एमालेले संसदीय समितिबाट लैजानुपर्ने भन्दै आएको छ । सोही विषयमा सहमतिका लागि विशेष समिति गठन गर्न बैठक जारी रहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा दर्ता भएका तीन विधेयक पारित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच समझदारी खोज्ने प्रयास गरेका छन् । सभामुख देवराज घिमिरेको पहलमा शनिबार सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्रीले सहमतिमै विधेयक पारित गरिने बताएका थिए ।

मंगलबारको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी छन् । यसैगरी, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर