राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नेपाली जनताले संघीयता बोक्न नसक्ने दाबी गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो दाबी गरेका हुन्।
उनले सरकारको न्यूनतम साझा कार्यक्रममा रहेको संघीयता, नागरिकता, संक्रमणकालीन न्यायको विषयमा आफ्नो पार्टीले लगातार विमति राख्दै आएको जानकारी गराए।
उनले भने, ‘बाहिर सरकारका न्यूनतम कार्यक्रममा जमोर्चाले सहमति गर्यो भन्ने कुरा आयो। जनतामा ठूलो भ्रम पर्यो। यसमा हाम्रो सहमति छैन। यसको कारण हो नेपाली जनताले संघीयता बोक्नै सक्दैनन्। यसलाई खारेज गर्नुपर्छ।’
उनले सांसदको संख्या ८८४ जना रहेको र त्यसअनुसार मन्त्रीको संख्या समेत रहेको बताउँदै राज्यलाई ठूलो व्ययभार परिरहेको बताए। जनताले धान्नै नसक्ने संघीयता खारेज गर्नुपर्ने उनले माग गरे।