सभामुख देवराज घिमिरेले बोलाएको प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। घिमिरे सभामुख बनेपछि पहिलोपटक कार्यव्यवस्था बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक चलिरहेको छ।
बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ। बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।
आजै दिउँसो संसद् बैठक पनि बस्दै छ। त्यसअघि परामर्श समितिको बैठक बसेको हो।