नेभिगेसन मेनु

‘प्रधानमन्त्रीज्यू ! कुरा होइन, काम गर्नुस्’
सम्पादक:南亚网络电视
समय:2023-04-08 15:10

1679402040_Gagan_thapa-1200x560

सत्तारूढ दलका सांसदले सरकारको न्यूनतम साझा कार्यक्रमलाई नारामा सीमित नगरी ६ महिनामा परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई इंगित गर्दै अघिल्लो पाँच वर्षजस्तै अर्को पाँच वर्ष समय खेर फाल्ने सुविधा वर्तमान सरकारलाई नभएको बताए ।

उनले आफूहरूलाई ‘टेकन फर ग्रान्टेड’का रूपमा नलिन पनि प्रधानमन्त्री दाहाललाई आग्रह गरे । ‘सांसदको काम मत हाल्ने मात्र हो, हामीले जे गरे पनि यिनीहरूले थपडी बजाउँछन् भन्ने नठानियोस्,’ उनले भने, ‘हामीलाई कुरा गर्ने होइन, परिणाम दिने सरकार चाहिएको छ ।’ महामन्त्री थापाले दाहाललाई प्रधानमन्त्रीकै काममा केन्द्रित हुन आग्रह गरे । उद्घाटन, सम्मेलनमा जानेभन्दा पनि साझा न्यूनतम कार्यक्रमको लक्ष्य प्राप्त गर्नेतर्फ लाग्न उनले दाहाललाई आग्रह गरे । ‘साझा न्यूनतम कार्यक्रम आयो, अब सरकारले एक दिन एक काम भन्ने नाराका साथ प्रत्येक दिन एउटा परिणाम ल्याउने कोसिस गरोस्,’ उनले भने । प्रधानमन्त्रीको काम हेर्दा आत्मविश्वास नभएको र बढी अलमलमा परेको जस्तो देखिएको उनको भनाइ थियो ।

सरकारको साझा न्यूनतम कार्यक्रमलाई परिणाम दिन प्रधानमन्त्रीलाई एउटा टिम आवश्यक रहेको उनले बताए । अन्य देशका प्रधानमन्त्रीको टिमप्रति प्रशंसा गर्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्रीको कार्यालय सजाय पाएकालाई थन्क्याउने ठाउँ मात्र बनेको छ । प्रधानमन्त्रीले सबभन्दा पहिला चुस्त टिम बनाउनुस् । गठबन्धनका नेताहरूलाई महिनामा एकदुई दिन भेटे हुन्छ । आफ्नो दल चलाउने कुरा त केही समय बिर्सिए पनि हुन्छ ।’

उनले प्रधानमन्त्रीले कम्तीमा ६ महिना न्यूनतम साझा कार्यक्रमका लागि समय छुट्याउनुपर्नेमा जोड दिए । ‘मेरो ठाउँबाट हेर्दा प्रधानमन्त्रीलाई अब ६ महिना समय छ । चैत मसान्ततिर साझा न्यूनतम कार्यक्रम आएको छ, असोजसम्म यसलाई कार्यान्वयनमा लैजानुस् । असोजमा यही  

संसद्मा आउनुस् र न्यूनतम साझा कार्यक्रमको केके काम भयो भनेर बताउनुस्,’ उनले भने । सार्वजनिक खर्च कटौतीमा निर्ममतापूर्वक काम थाल्न र दण्डहीनतालाई प्रश्रय दिन्न भन्ने कुरा कामबाट पनि देखाउन उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर