नेभिगेसन मेनु

मेयर शाह भन्छन् : आजबाट सिंहदरबारको फोहोर उठ्दैन
सम्पादक:南亚网络电视
समय:2023-04-08 12:33

thumb

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् ।

मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, 'आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।'

 

यसैबीच एमाले महासचिवले मेयर शाहको अभिव्यक्ति नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको संकेत गर्ने बताएका छन् । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने महासचिव पोखरेलको भनाइ छ । उनले ट्विटरमा मेयर शाहको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै लेखेका छन्, 'मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।'

बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको भन्दै सांसदहरूले नै मेयर शाहमाथि प्रश्न उठाएका थिए । मेयर शाहले सिसडोलको नियति बन्चरेडाँडामा हुन नदिने बताउँदै आएका थिए ।

तर धादिङको धुनबेंसी र नुवाकोटको ककनी गाउँपालिका सिमानामा सञ्चालनमा ल्याइएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवैज्ञानिक तवरबाट फोहोर विसर्जन गरिएपछि स्थानीयवासीले आवाज उठाउन थालेका हुन् । मापदण्ड (प्रोटोकल्स)हरु पालना नगरी जथाभावीरुपमा फोहोर विसर्जन गर्दा स्थानीयवासीले आवाज उठाउन थालेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर