नेभिगेसन मेनु

आर्थिक वृद्धि ४.१ प्रतिशत : विश्व बैंक
सम्पादक:南亚网络电视
समय:2023-04-06 13:44

thumb (3)

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपटेड (अप्रिल २०२३) : फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भारोमेन्ट’ ले नेपालको अर्थतन्त्र आर्थिक वर्ष सन् २०२३ मा ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो, जुन अक्टोबर २०२२ को प्रक्षेपणभन्दा कम हुने गरी गरिएको संशोधन भएको बैंकले जनाएको छ ।

आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रको पुनरारम्भ, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

सन २०२३ मा वृद्धि कम हुनुका पछाडि उत्पादन र कारोबारमा सुस्तता रहेको जनाएको छ । नेपाल मात्रै नभएर दक्षिण एसियाका सबै मुलुकमा विगत १८ महिनादेखि औद्योगिक उत्पादनमा सुस्तता आएको नेपाल श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसको भनाइ छ ।

‘भारतमै पनि गत वर्षको जुनदेखि डिसेम्बरबीच उत्पादनमूलक क्षेत्रमा २ प्रतिशतले संकुचन आएको विश्व बैंकको साउथ एसिया इकोनोमिक फोकसले देखाएको छ,’ उनले भने, ‘बंगलादेश, श्रीलंका र पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग लिए । नेपालमा पनि आईएमएफको कार्यक्रमका लागि छलफल भइरहेको छ ।’

अर्थ सचिव तोयम रायाले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन् । चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहनुका साथै पर्यटन, कृषि तथा जलविद्युत् क्षेत्रमा पनि सुधार भइरहेकाले अर्थतन्त्रलाई त्यसले सकारात्मक बनाउने उनको भनाइ छ । विश्व बैंक समूहको ‘नेपाल डेभलपमेन्ट अपटेड (अप्रिल २०२३)’ सार्वजनिक गर्ने कार्यक्रममा बुधबार अर्थ सचिव रायले कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा परेको बाह्य दबाब यथावत् रहेको बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर