नेभिगेसन मेनु

ढल्केबरमा अत्याधुनिक नाटक घर बन्ने
सम्पादक:南亚网络电视
समय:2023-03-17 17:52

नाटक-घर-बन्ने

ढल्केवर, चैत ३ गते । धनुषाको मिथिला नगरपालिका –८, ढल्केवरमा अत्याधुनिक नाटक घर बन्ने भएको छ । कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो नाटक घरको शिलान्यास गरिएको छ । 

शुक्रबार मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले नाटक घरको शिलान्यास गर्नुभयो । नगर प्रमुख महतोले शिलान्यासमा मात्रै सीमित नराखी छिटोभन्दा छिटो नाटक घर निर्माण गर्न सुझाव दिनुभयो । समाज परिवर्तनमा नाटकको महत्वपूर्ण भूमिका हुने हुँदा नाटक घर बनाउन नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो ।  

मिथिला नगरपालिकाले उपलब्ध गराएको तीन कठ्ठा क्षेत्रफलमा आधुनिक शैलीमा निर्माण हुने नाटक घर बन्न लागेको छ । मधेश प्रदेशमा ख्याती कमाएका रोचक एण्ड घोचक नाट्य समूहले सो नाटक घर बनाउन लागेको हो । 

करिब एक करोड रुपियाँको लागतमा चारसय सिट क्षमताको सुविधा सम्पन्न नाटक घर निर्माण हुने रोचक एण्ड चोचक नाट्य समूहका अध्यक्ष प्रदिप महतोले बताउनुभयो । नाटक घरमा प्रकाश, ध्वनिको उच्चतम प्रविधिको प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष महतोले मधेश प्रदशकै सबभन्दा ठूलो नाटक घर बन्ने बताउँदै निर्माणमा लाग्ने खर्च स्थानीय तह तथा विभिन्न दातृ निकायबाट सहयोग सङ्कलन गरिने बताउनुभयो । मिथिला नगरपालिका वडा ८ का वडाध्यक्ष विरेन्द्र महतोले वडा विकास योजनाबाट उपलब्ध गराएको पाँच लाख रुपियाँबाट निर्माण शुरु गरिने जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर