नेभिगेसन मेनु

सात करोड लगानीमा च्याउ उद्योग
सम्पादक:南亚网络电视
समय:2023-03-13 16:19

mushroom-farm

पश्चिम नवलपरासीको सदरमुकाम परासीको कुनवारमा स्थापना भएको आधुनिक च्याउ उद्योग । तस्विर : गोपी ज्ञवाली ।

नवलपरासी, फागुन २९ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीको कुनवारमा सात करोडको लगानीमा आधुनिक च्याउ उद्योग स्थापना गरिएको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा १२ स्थित कुनवारमा ७ करोड लगानीमा आधुनिक च्याउ उद्योग स्थापना गरिएको पाल्ही भगवती कृषि फार्म प्रा.लि.का सञ्चालन नरेश जैसवाल कलवारले बताउनुभयो । 

दैनिक ७ देखि ८ क्विन्टल च्याउ उत्पादन गर्ने योजनाका साथ अत्याधुनिक यन्त्र जडान गरी स्थापना गरिएको उद्योगले गत बुधवारदेखि च्याउको बिउँ रोपण कार्य सुरु गरेको हो । करिब दुई बिगाहा क्षेत्रफलमा बनाइएको यो च्याउ उद्योगमा च्याउका लागि आवश्यक पर्ने तापक्रम र आर्द्रताको मात्रा नियन्त्रित राख्नका लागि आधुनिक यन्त्रहरू जडान गरिएको उद्योगका सञ्चालक कलवारले जानकारी दिनुभयो । 

च्याउ उत्पादन क्षमताका हिसाबले लुम्बिनी प्रदेशको पहिलो ठूलो आधुनिक च्याउ उद्योगको रूपमा स्थापना भएको यस उद्योगमा तापक्रम सन्तुलनका लागि ११ टन क्षमताका ६ वटा बाताअनुकुलित (एसी) यन्त्र लगाइएको बताइएको छ । 

नेपाली उद्योगीहरू नरेशर जैसवाल कलवार र कमल कशोधन गरी दुई जना उद्योगीहरूको संयुक्त लगानीमा सुरु गरिएको आधुनिक च्याउ उद्योगले बिउँ रोपण गरेको ४० दिनपछि उत्पादन दिने बताइएको छ । बिउँ रोपणका लागि आवश्यक कच्चा पदार्थको प्रशोधन र व्यवस्थापनका काम सुरु गरिएको छ । 

गहुँको भुस, कोकोपिट, पिना लगायतका कच्चा पदार्थ प्रयोगबाट च्याउको उत्पादन गरिने यस उद्योगमा च्याउ उत्पादनपछि उत्पादित अपशिष्टबाट गोबर मल जस्तै जैविक मल, उत्पादित च्याउबाट ताजा च्याउ, सुकुटी च्याउ र केही मात्रा च्याउ सुकाएर बनाइने पाउडर च्याउसमेत उत्पादन गरिने उद्योगका सञ्चालक कलवारले बताउनुभयो ।

निश्चित तापक्रम (मुख्य रूपमा चिसो मौसम) आवश्यक पर्ने च्याउ खेतीका लागि यस उद्योगमा बाह्रै महिना आवश्यक तापक्रम कायम राख्नका लागि बाताअनुकुलित (एसी) को व्यवस्था गरिएको छ भने उद्योगभित्रको हावामा आवश्यक पर्ने आर्द्रता नियन्त्रणका लागिसमेत आधुनिक उपकरण जडान गरिएको छ । एक मात्र प्रजाति गोबरे च्याउ (बटम मसरुम) उत्पादन गर्ने यो उद्योगले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर