नेभिगेसन मेनु

नारामै सीमित नौमुरे परियोजना
सम्पादक:南亚网络电视
समय:2023-03-12 16:28

Untitled-1

अर्घाखाँची, फागुन २८ गते । अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छ । निर्वाचनका बेला विभिन्न राजनीतिक पार्टीका उम्मेदवारको विशेष प्राथमिकतामा पर्ने यो परियोजना चुनाव सकिएपछि ओझेलमा पर्ने गरेको छ । 

लुम्बिनी प्रदेशका पाँच जिल्लावासीलाई प्रत्यक्ष फाइदा पुग्ने यो बहुउद्देश्यीय आयोजनाको प्राविधिक अध्ययन सकिएको ३६ वर्ष पूरा भइसकेको छ । यो अवधिमा मुलुकभित्र भिन्नभिन्नै राजनीतिक व्यवस्था फेरिए पनि योजनाका काम अलपत्र छन् । 

अर्घाखाँचीबाट टोपबहादुर रायमाझी ऊर्जामन्त्री भएका बेला उहाँले शीतगङ्गा नगरपालिका–७, लामातालमा नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटनसमेत गर्नुभएको थियो । सो कार्यालयमा कर्मचारी पनि भर्ना गरिए तर अहिले कार्यालय बन्द छ । जुनसुकै पार्टीका नेता लामाताल पुगे पनि आफ्नो पार्टीलाई जिताए नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने आश्वासन बाँड्दै आएको स्थानीय लालबहादुर राउतले बताउनुभयो । सत्तामा पुगेपछि परियोजना निर्माण गर्नेतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीय झकबहादुर राउतको गुनासो छ । 

अर्घाखाँची र प्युठानको सिमानामा पर्ने माडी र झिमरुक नदीको सङ्गम नौमुरे क्षेत्रमा यो आयोजना पर्छ । तत्कालीन पञ्चायत सरकारले सस्तो लागतमा निर्माण गर्ने भनेर २०४३ सालमा परियोजना सञ्चालनका लागि विस्तृत अध्ययन गरेको थियो ।

आयोजनासम्बन्धी भौगोलिक परीक्षण, पानीको बहाव परीक्षणका साथै प्राविधिक अध्ययन गराएको थियो । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि यो आयोजनाको निर्माण कार्य अघि बढाउने भनेर पटक–पटक चर्चामा ल्याई राजनीतिक प्रतिबद्धता पनि गरिएको थियो । 

तत्कालीन विद्युत् विकास विभागले प्रस्ताव गरेको आयोजनामा तीन खण्डमा गरी २८१.३४ मेगावाट विद्युत् उत्पादन गरिने प्रस्ताव गरिएको थियो । राप्ती नदीमा १६९ मिटर अग्लो बाँध बनाएर आयोजनाअन्तर्गत तीनवटा आयोजना निर्माण गर्न लागिएको हो । 

अर्घाखाँचीको शीतगङ्गा ७ र ८ को सिमानामा बाँध निर्माण गर्नुका साथै प्युठानको सरुमारानी–३ मा विद्युत् गृह निर्माण गर्ने योजना रहेको छ । 

शीतगङ्गा–७ को लामातालमा रि–रेगुलेटिङ बाँध बनाएर आठ मेगावाटको लामाताल जलविद्युत् आयोजना निर्माण गर्ने योजना विभागले तयार गरेको छ ।

लामाताल जलविद्युत् आयोजनाको टेलरेसबाट छोडिएको पानी प्रयोग गरी शीतगङ्गा नगरपालिकाको लाहापेमाथिको पहाड, लौरीसिताराको पहाड र धानखोला नजिकको पहाडमुनि सुरुङ बनाएर कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सुराई खोला नजिकै ५४.७ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गरिने योजना छ । 

यो आयोजनाबाट विद्युत् उत्पादन भएसँगै दाङ र कपिलवस्तुमा सिँचाइ सुविधा उपलब्ध हुने जनाइएको छ । आयोजनामार्फत वितरण हुने पानीले देउखुरी, बाँके, कपिलवस्तुमा गरी ८३ हजार ३०२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने योजना बनाइएको छ । 

देउखुरीको १० हजार आठ सय, बाँकेको ४२ हजार ७६६ र कपिलवस्तुको २९ हजार ७३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । यसका लागि एक खर्ब २८ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनका बेला नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले सो योजनालाई विशेष प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने आश्वासन दिनुभएको थियो ।  उहाँहरूले निर्वाचनका बेला गरेको प्रतिबद्धता निर्वाचन सम्पन्न भएपछि भने सेलाएको छ । उहाँहरूले मात्रै होइन, यस क्षेत्रका अन्य धेरै नेताले नौमुरे जलविद्युत् आयोजनालाई चुनावी नारा बनाउने गरेका छन् तर नारा नारामै सीमित हुने गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर