नेभिगेसन मेनु

भेरी अस्पतालमा बिरामी बढे
सम्पादक:南亚网络电视
समय:2023-03-01 14:17

bheribanke

नेपालगञ्ज, फागुन १७ गते । पश्चिम नेपालका तीन प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप दोब्बरभन्दा बढीले वृद्धि भएको छ। 

केही समयअघिसम्म दैनिक पाँच सयसम्म बिरामी पुग्ने सो अस्पतालमा पछिल्ला दिनमा उपचारका लागि पुग्ने बिरामीको सङ्ख्या दैनिक हजार नाघ्न थालेको छ। 

अस्पतालमा आउने बिरामीको चाप बढ्दा परीक्षणका लागि पर्चा बनाउन र बीमा सुविधा लिन उनीहरूलाई घण्टौँ लाम लाग्नुपर्ने बाध्यता छ। निजी स्वास्थ्य संस्थाहरूमा बीमाबाट उपचार सेवा बन्द भएका कारण पनि बिरामीको चाप भेरी अस्पतालमा बढ्दै गएको हो।

भेरी अस्पतालका प्रमुख डा. बद्री चापाचाईंले बिरामी चाप धेरै हुँदा उपचार र अन्य परीक्षणमा समस्या हुने गरेको बताउनुभयो। उहाँका अनुसार बिरामीलाई सहज रूपमा उपचार सेवा दिनका लागि भेरी अस्पतालमा ४० जना विशेषज्ञ चिकित्सक रहेका छन् तर भवनको अभावका कारण ओपीडीमा बिरामीलाई उभिने ठाउँ पाउनसम्म मुस्किल पर्दछ। 

इमरजेन्सी वार्ड, शल्यक्रिया कक्ष र प्रयोगशाला सञ्चालनका लागि ठाउँको अभाव हुँदा बिरामीलाई समयमै सहज रूपमा उपचार सेवा दिन समस्या परेको हो। भेरी अस्पताललाई पाँच सय शय्याको बनाउने घोषणा गरिएको तीन वर्ष बितिसके पनि हाल १६२ शय्या मात्रै सञ्चालनमा छन्। अस्पताल परिसरमै निर्माण सुरु भएको २४० शय्याको नयाँ भवनको निर्माण अन्तिम चरणमा रहेकोले सो पूरा भएपछि मात्रै राहत हुने अस्पतालले जनाएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर