नेभिगेसन मेनु

छोराले गरे बुवाको हत्या
सम्पादक:南亚网络电视
समय:2023-02-23 13:10

death (1)

कपिलवस्तु, फागुन ११ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा छोराले बाबुको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर १० शीतलापुरमा मग्नीराम पासीले ६४ वर्षीय बुवा मगरे पासीको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

मङ्गलबार बिहान ११ बजे मग्नीराम खाना खान घरमा आएको बेला बाबु र श्रीमतीलाई नग्न अवस्थामा देखेपछि मगरेको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताउनुभयो । सोही दिन राति ११ बजे डोरीमा बाँधी झुन्डाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । 

मृतक मगरे पासीको शरीरमा कुटपिटबाट चोट लागेको समेत देखिएको छ । प्रहरीलाई बुधवार बिहान ८ बजे घटनाको जानकारी भएको थियो । हत्यामा संलग्न मृतकको छोरा र बुहारी मिमा पाशीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर