नेभिगेसन मेनु

त्रिवेणी भन्सारमा गतिविधि ठप्प
सम्पादक:南亚网络电视
समय:2023-02-22 16:23

dfbsfgn

अर्थ मन्त्रालयले २०७६ फागुनमा छोटी भन्सारका रूपमा रहेको त्रिवेणी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो तर उक्त भन्सारबाट अहिलेसम्म कुनै पनि वस्तुको नेपाल र भारततर्फ आयात र निर्यात हुन नसकेको त्रिवेणीका आरपी उपाध्यायले बताउनुभयो । भारतीय सवारीलाई नेपाल प्रवेश गर्दा अनुमति दिने पुर्जीबाहेक यस भन्सारले कुनै काम गर्न नसकेको भन्सारका लेखापाल जीवन भण्डारीले बताउनुभयो । 

गण्डकी प्रदेश सरकारले पनि यस नाकालाई पूर्ण रूपमा सञ्चालन गर्ने र आयात–निर्यात सुरु गराउने निर्णय गराए पनि नाका सञ्चालनमा आउन नसकेको गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जीसीले बताउनुभयो । केन्द्र सरकारको आवश्यक सहयोग नहुँदा भन्सार सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । नाका तत्काल सञ्चालन नहुँदा यस क्षेत्रका उद्योगी व्यवसायी मर्कामा परेको उहाँले बताउनुभयो । 

त्रिवेणीपारि भारतको विहारमा वाल्मीकि नगर भन्सार कार्यालयलाई भारतले मूल भन्सार कार्यालयका रूपमा सञ्चालनमा ल्याइसकेको छ । नेपालतर्फ भने पूर्वाधारको अभावमा भन्सार सञ्चालन हुन नसक्दा त्रिवेणी नाकाबाट आयात–निर्यात हुन नसकेको लेखापाल भण्डारीले जानकारी दिनुभयो । 

अहिले ११ जनाको दरबन्दी भएको त्रिवेणी भन्सारमा सात जना कर्मचारीको उपस्थिति छ । भन्सार सञ्चालनका लागि कार्यालय, कर्मचारी आवास, गोदाम, यात्रु शाखा, गाडी पार्किङ, तौलकाँटा राख्ने स्थान, सुरक्षा निकायको कार्यालय, बैङ्कलगायतका संरचना निर्माणका लागि जग्गा आवश्यक पर्ने भए पनि जग्गाको व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन नसकिएको भण्डारीले बताउनुभयो ।

भन्सारका लागि आवश्यक जग्गाको व्यवस्थापन हुन नसक्दा पूर्वाधार निर्माणको काम अगाडि बढ्न नसकेको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताउनुभयो । गण्डक सम्झौताअनुसार गण्डक ब्यारेज आसपासको जग्गा नेपालले सहजै उपभोग गर्न पाउँदैन । त्यसका लागि परराष्ट्र मन्त्रालयबाट नै पहल गर्नुपर्ने र अन्य सार्वजनिक जग्गा नभएकाले जग्गा व्यवस्थापनमा समस्या भएको छ । 

त्रिवेणीमा जग्गा अधिग्रहण र भन्सारका संरचना नबनेका कारण आयात–निर्यात र भन्सार राजस्व बढाउन नसकिएको त्रिवेणी भन्सारसमेत हेर्दै आउनुभएका महेशपुर भन्सारका प्रमुख करवीर गैरेले बताउनुभयो । “भारतले वाल्मीकि नगरमा आफ्नोतर्फ भन्सार स्थापना गरिसकेको छ । त्यसैले केन्द्रीयस्तरबाट नै जग्गा तथा पूर्वाधार व्यवस्थापन गरेर त्रिवेणी भन्सार सञ्चालनको पहल हुन आवश्यक छ,” उहाँले भन्नुभयो । 

स्थानीय व्यापारीले पटक–पटक त्रिवेणी भन्सारलाई मूल भन्सार बनाउन पहल थालेपछि स्तरोन्नतिको सूचीमा परेको यो भन्सार सञ्चालनमा भने आउन नसकेको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर