नेभिगेसन मेनु

चोरी निकासी नियन्त्रणमा बेवास्ता
सम्पादक:南亚网络电视
समय:2023-02-10 13:28

Untitled-1 (1)

पाल्पा, माघ २७ गते । पाल्पाका विभिन्न स्थानबाट नदीजन्य पदार्थको अवैध चोरी निकासी नियन्त्रणमा आउन सकेको छैन । स्थानीय तहले चोरी निकासी गर्नेमाथि निगरानी तथा कारबाही गर्न नसक्दा ढुङ्गा, गिट्टी तथा बालुवाको अवैध निकासी नियन्त्रणमा आउन नसकेको हो । नदीजन्य पदार्थको अवैध चोरी–निकासी नियन्त्रणका लागि प्रहरीले प्रयास थाले पनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको सहयोग नहुँदा सो समस्या बढेको हो । 

रामपुर क्षेत्रमा सबैभन्दा बढी नदीजन्य पदार्थ बालुवा, गिट्टी तथा ढुङ्गाको चोरी निकासी भइरहेको प्रत्यक्षदर्शीले बताएका हुन् । तर त्यसलाई नियन्त्रण गर्न रामपुर नगरपालिका उदासीन बनेको रामपुर प्रहरीको गुनासो छ । कालीगण्डकी नदी क्षेत्र तथा अन्य घाट, सिमानाबाट रातको समयमा ढुङ्गा–गिट्टी, बालुवा, मिसकट चोरी निकासी भइरहेको छ । चोरी निकासी भइरहेको बेला प्रहरीलाई खबर आउनासाथ संलग्नलाई नियन्त्रणमा पनि लिइएको छ । 

चोरी निकासी नियन्त्रण गर्न नगरपालिकाले नै प्रभावकारी काम गर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । “चोरी कार्यमा संलग्न व्यक्ति तथा सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहलाई बुझाएका छौँ थापाले भन्नुभयो तर कतिपयलाई कारबाही नै नगरी छाडिएको भन्ने बुझिएको छ ।”

रामपुर क्षेत्रको निस्दी खोला, कालीगण्डकी नदी किनार, केलादीघाटका विभिन्न स्थानबाट नदीजन्य पदार्थको स्वीकृतिबिना निकासी भइरहेको छ । त्यस्तै निस्दी गाउँपालिकाको ढुङ्गानाबेँसी क्षेत्र तथा निस्दी खोलाबाट समेत अवैध रूपमा नदीजन्य पदार्थ चोरी भएको भनाइ प्रहरीको छ । रम्भाको हुँगी, असर्दी क्षेत्रबाट बालुवा चोरी निकासी भइरहेको छ । 

तिनाउको विभिन्न स्थानबाट ढुङ्गा स्वीकृतिबिना नै चोरी निकासी भएको स्थानीय बासिन्दाको भनाइ छ । रिब्दीकोटका नदी तथा खोला किनारबाट पनि ढुङ्गा चोरी निकासी भइरहेको हार्थोकस्थित प्रहरी चौकीले जनाएको छ । अवैध निकासी मौलाउँदा स्थानीय तहलाई नै राजस्वमा घाटा लागेको छ । चोरी निकासी भइरहेको स्थानबाट प्रहरीले ट्याक्टर, टिप्पर तथा चालकलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा बुझाउने गरेको छ । तर स्थानीय तहले पटक पटक नियन्त्रणमा लिएका चालक तथा सवारीसाधनलाई समेत जरिवाना नै नगरी छाड्ने गरेको प्रहरीको गुनासो छ । 

स्थानीय तहले आफूले बनाएका नियमअनुसार पनि कारबाही गर्न नसकेको पाल्पा जिल्ला प्रहरी प्रमुख जनकबहादुर शाहीले बताउनुभयो । एक वर्षको अवधिमा ५४ वटा ट्याक्टर र सातवटा टिप्परलाई प्रहरीले पक्राउ गरेको छ । अवैध उत्खनन गरिरहेका बेला ती सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भने अवैध निकासीमा संलग्न रहेकालाई सकेसम्म उम्कन नदिने गरी कारबाही गरिएको दाबी गर्नुभयो । अन्य पालिका प्रमुखले पनि यस्तै प्रतिक्रिया दिने गर्नुभएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर