नेभिगेसन मेनु

मगर समुदायले मनायो भूम्या
सम्पादक:南亚网络电视
समय:2023-01-15 13:11

Untitled-1

माघ १ गते । माघेसङ्क्रान्ति मगर समुदायको विशेष पर्व हो । यो समुदायले भूम्यालाई बल पूजापछिको ठूलो पर्वका रूपमा मनाउने गर्दछ । 

माघेसङ्क्रान्तिका दिन छोरीचेलीलाई ‘मिसरा बाँड्ने’ अर्थात् पुज्ने चलन छ । बिहान भाले बासेसँगै उठ्ने र घरमा भएका चेलीबेटीलाई पुजेपछि माघेसङ्क्रान्ति पर्व सुरु भएको मानिन्छ । 

दाजुभाइले दिदीबहिनीलाई टपरीमा फलफूल, रोटी, तरुल, चामल, दक्षिणा अन्य उपहार दिने गर्छन् । यसलाई मिसरा बाँड्ने भनिन्छ । घरका चेलीबेटीलाई पुजिसकेपछि छरछिमेक र गाउँका चेलीबेटीलाई पुजिन्छ ।

भूम्या मनाउन पुस मसान्तका दिन राँगा तथा खसी–बोका काटिन्छ, कन्दमूल पकाएर खाइन्छ । माघ १ गते घरका छोरीचेली नपुजी अरू कुनै काम सुरु हुँदैन । चेलीबेटी पुजिसकेपछि गाउँमा तीर हान्ने प्रतियोगिता सुरु हुन्छ । 

धनुषवाणमार्फत हरेक टोलमा तारो अर्थात् तीर हान्ने प्रतियोगिता हुने गरेको रोकामगरले जानकारी दिनुभयो । भने श्याम्भो नाच्दै चाड बनाउने 

गरिन्छ । पुथाउत्तरगङ्गाका १४ वटै र भूमे गाउँपालिकाका धेरै वडामा भूम्या मनाइन्छ ।  रुकुमपूर्वका विभिन्न स्थानमा मगर समुदायको बाक्लो बसोबास रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर