नेभिगेसन मेनु

मायादेवी मन्दिरको गजुर मर्मत
सम्पादक:南亚网络电视
समय:2023-02-03 11:58

thumb (1)

पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम स्थगित र रद्द भएसँगै सुनसान बनेको लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर । तस्बिर : मनोज/कान्तिपुर

लुम्बिनी — विश्व सम्पदास्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको गजुर मर्मत गरिएको छ । बाँदरले हल्लाएर जीर्ण बनाएको गजुरलाई फलामको फ्रेमभित्र राखेर सुरक्षित गरिएको हो । फलामे फ्रेमबाहिर तामाको लेपन गरी आकर्षित तुल्याइएको छ ।

झन्डै दुई महिना लगाएर गजुर मर्मत गरिएको हो । अहिले गजुरमा सुनको जलप लगाउने काम भइरहेको छ । गजुर मर्मतका लागि काठमाडौंबाट आएका मूर्तिकार साजन शाक्यको नेतृत्वमा ६ जनाको टोलीले काम गरिरहेको छ । मन्दिरमाथि सानो कौशी छ । त्यसमाथि १२ फिट अग्लो गजुर छ । गजुरको सबैभन्दा तल चारैतिर बुद्धका आँखा छन् । त्यसमाथि चारै कुनामा बज्र, विश्व बज्र, रत्न र फूल छन् । त्यसमाथि १३ वटा तह भएको त्रियोदशोभुवन राखिएको छ ।

बुद्धको आँखा भएको भाग एक मिटर गोलाइको छ । धार्मिक विधि पुर्‍याएर गजुर बनाइएको हो । करिब ५० तोला सुनको जलप लगाइनेछ । यसअघिको सुनको जलपलाई तेजाब प्रयोग गरेर लिक्विड बनाएर राखिएको छ । त्यसलाई पुनः प्रयोग गर्ने बताइएको छ । करिब १२ लाख रुपैयाँ ज्यालामात्र रहेको छ । थाइल्यान्डस्थित एक दाताले गजुर पुनःनिर्माणमा सहयोग गरेका छन् । ‘बजेटभन्दा पनि काम हुनु ठूलो कुरा हो,’ लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले भने, ‘दाताले आफ्नो नाम प्रचारमा ल्याउन नचाहेकाले गोप्य राखिएको छ ।’

मायादेवी मन्दिर बनाउँदा उक्त गजुर राखिएको थियो । मन्दिर चुहिएपछि थाइल्यान्डको थाई पुङ थाई फाउन्डेसनले पुरातात्त्विक मूल्य–मान्यता अनुसार मर्मतका लागि श्रीलंकन आर्किटेक्ट इन्जिनियर सानुका तिलकरत्नेलाई खटाएको थियो । उनले यहाँ एक महिना बढी बसेर मर्मत सम्भारको डिटेल डिजाइन, ड्रोइङ र इस्टिमेट बनाएका थिए । सोही योजना अनुसार अहिले गजुर मर्मतसम्भार भइरहेको हो । उनी पनि गजुर मर्मतको रेखदेख गरेर बसेका छन् । काम सक्नका लागि अझै एक महिना लाग्ने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर