
काठमाडौँ, भदौ ११ गते । चीनको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल-चीन सीमा क्षेत्र अवरुद्ध भएपछि बेइजिङस्थित नेपाली दूतावासले अलपत्र परेका नेपाली नागरिकहरूका लागि एक अत्यन्त जरूरी सूचना जारी गरेको छ।
मिति २०८३ भदौ १० गते जारी गरिएको उक्त सूचना अनुसार, बाढीका कारण चीनमा अलपत्र पर्नुभएका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजीकरण गर्नका लागि दूतावासले तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ।


















