नेभिगेसन मेनु

विदेशी लिगमा खेल्दै नेपाली फुटबलर
सम्पादक:南亚网络电视
समय:2026-07-31 12:04

 

 23451

काठमाडौँ, साउन १५ गते । नेपालमा घरेलु फुटबल ठप्प छ । यद्यपि नेपालका महिला र पुरुष शीर्ष फुटबलर विदेशी क्लबमा जोडिने क्रममा छन् । नेपाली राष्ट्रिय टिमका दुई प्रमुख खेलाडी अनन्त तामाङ र एरिक विष्ट बिहीबार बङ्गलादेशको फोर्टिस एफसी लिमिटेडबाट खेल्ने सार्वजनिक भएको छ । यद्यपि यी दुवै खेलाडी बङ्गलादेश पुगिसकेका छन् । 

बङ्गलादेश प्रिमियर लिग फुटबलका लागि फोर्टिस एफसीले डिफेन्डर अनन्तसँग सम्झौता नवीकरण गरेको हो भने एरिकका लागि फोर्टिस नयाँ क्लब हो । यसअघि एरिकले बङ्गलादेशी लिगमै ब्रदर्स युनियनबाट खेल्नुभएको थियो । एरिकले अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण पनि बङ्गलादेशविरुद्ध नै गर्नुभएको हो । फोर्टिसले बङ्गलादेशको प्रतिनिधित्व गर्दै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण पनि खेल्दै छ । यसै गरी बङ्गलादेश फुटबल लिग अगस्टमा सुरु हुँदै छ । 

यसै गरी नेपाली महिला टिमकी स्ट्राइकर रश्मि घिसिङ पनि भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमा आबद्ध हुनुभएको छ । रश्मि एन्फा राष्ट्रिय महिला लिग–२०८१ की सर्वाधिक गोलकर्ता हुनुहुन्छ । सो लिगमा रश्मिले कुल ३५ गोल गर्नुभएको थियो । ट्रान्सपोर्ट युनाइटेड लेडिजले सामाजिक सञ्जालमार्फत रश्मिलाई आफ्नो टिममा भित्र्याएको जानकारी दिएको हो । ट्रान्सपोर्ट युनाइटेडको पुरुष टिममा नेपालका गोलरक्षक सन्तोष खत्री पनि हुनुहुन्छ । यसै गरी नेपालका युवा मिडफिल्डर कृतिशरत्न छुन्जु थिम्पु एफसीबाट खेलिरहनुभएको छ ।

भुटानको थिम्पुमा साउन १७ गतेदेखि राष्ट्रिय महिला लिगको ‘टियर १’ सुरु हुँदै छ । १० टिमको सहभागिता रहने सो लिग दोहोरो राउन्ड रोविनको संरचनामा खेलिने छ । सो लिग कात्तिक १४ गते सकिने छ । ट्रान्सफोर्ट लिगमा नेपाली महिला खेलाडीको बाहुल्य छ । यसअघि मिडफिल्डर दीपा शाही, स्ट्राइकर मीना देउवा, समीक्षा घिमिरेका साथै अनुभवी खेलाडी अनिता केसी पनि सो टिममा आबद्ध हुनुभएको थियो । ट्रान्सपोर्ट युनाइटेड लेडिजले ‘टियर १’ को उद्घाटन खेलमा पारो एफसी वुमनसँग खेल्ने छ । यसै गरी हालै नेपालकी मिडफिल्डरहरू सरू लिम्बू र रेनुका नगरकोटी पारो एफसी र आक्रामक डिफेन्डर पूजा राना थिम्पु सिटीमा आबद्ध हुनुभएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर