नेभिगेसन मेनु

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सम्पादक:南亚网络电视
समय:2026-03-15 13:08

 

 dolor

काठमाडौँ,  चैत  १ गते ।नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ  २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ २८ पैसा र बिक्रीदर १६९ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ७५ पैसा र बिक्रीदर १९६ रुपियाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपियाँ  ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ  ३३ पैसा र बिक्रीदर ११५ रुपियाँ  ८० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ  २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ  ४१ पैसा र बिक्रीदर २१ रुपियाँ  ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ  ३५  पैसा र बिक्रीदर ३९ रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपियाँ  ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ  ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ  १९ पैसा र बिक्रीदर ४० रुपियाँ  ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ  ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ  ८७ पैसा र बिक्रीदर ०९ रुपियाँ  ९१ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७२ पैसा र बिक्रीदर १५ रुपियाँ  ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ  ६५ पैसा र बिक्रीदर २२ रुपियाँ  ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ  ८६ पैसा र बिक्रीदर १८ रुपियाँ  ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ ७० पैसा र बिक्रीदर ४८३ रुपियाँ  ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपियाँ  ०५ पैसा र बिक्रीदर ३९२ रुपियाँ  ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपियाँ  ४८ पैसा र बिक्रीदर ३८५ रुपियाँ ०४ पैसा रहेको छ  ।

यस्तै, भारतीय रुपियाँ  एक सयको खरिददर १६० रुपियाँ  र बिक्रीदर १६० रुपियाँ  १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर