नेभिगेसन मेनु

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित
सम्पादक:南亚网络电视
समय:2026-03-10 12:35

 

 211

काठमाडौँ, फागुन २६ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको छ । 

निर्वाचन आयोगका अनुसार पूर्वअर्थमन्त्री पुन रोल्पाबाट २७ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसका सुदनकुमार वलीले १२ हजार आठ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ । निर्वाचनमा प्रतिस्पर्धी पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत भने नुवाकोट क्षेत्र नं. १ मा पराजित हुनुभएको छ । निर्वाचनमा उहाँले १८ हजार ५९७ मत प्राप्त गर्नुभएको थियो । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विव्रmम तिमिल्सिना २२ हजार ५०९ मतसहित निर्वाचित हुनुभयो । 

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि रुपन्देही–२ बाट रास्वपाका सुलभ खरेलसँग पराजित हुनुभएको छ । विजयी खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेको आयोगले जनाएको छ । 

रुकुमपश्चिमबाट उम्मेदवारी दिएका पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि पराजित हुनुभएको छ । उहाँ १४ हजार ३४६ मतसहित सो क्षेत्रमा तेस्रो स्थानमा रहनुभएको छ । सो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०१ मत ल्याएर विजयी हुनुभयो । 

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि निर्वाचनमा पराजित हुनुभएको छ । सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका कार्कीले १६ हजार ५८७ मत प्राप्त गर्नुभयो । उक्त क्षेत्रबाट विजयी रास्वपाका दीपककुमार साहले ४२ हजार ७७१ मत प्राप्त गरेको आयोगले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर