नेभिगेसन मेनु

पुराना सिलिन्डर : घरमै म्याद नाघे, हल्ला चलेपछि उद्योगमा
सम्पादक:南亚网络电视
समय:2026-03-13 11:34

 

 Nepal-Gas-Udhyog-Balaji-sujan-gurung-00002

विराटनगर, फागुन २९ गते । मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव हुन सक्ने हल्ला चलेपछि उपभोक्ताले धमाधम पुराना खाली सिलिन्डर निकालेर नयाँ भण्डारण गर्न थालेका छन् । कुनै बेला अभाव टार्न आवश्यकभन्दा बढी सिलिन्डर खरिद गरेर घरमै थन्क्याएका उपभोक्ताले यसबेला जोहोका लागि निकालेका हुन् । 

उपभोक्ताले घरमै राखेको सिलिन्डरको म्याद भने नाघिसकेको उद्योगीको भनाइ छ । कोशी ग्यास अफ ग्रुपका महाप्रबन्धक सचित उपाध्यायका अनुसार पछिल्लो एक सातामा १० प्रतिशत म्याद गुज्रेका सिलिन्डर कम्पनीमा पुगेका छन् । ग्यासका डिलरमा उपभोक्ताले पुराना सिलिन्डर बुझाउँदै भरिएको ग्यास घरमा भण्डारण गरिरहेको उपाध्यायले जानकारी दिनुभयो । 

ग्यास अभावको हल्ला उपभोक्ताभित्र आफैँ चलेको उपाध्यायको भनाइ छ तर उद्योगको अवस्था, नेपाल आयाल निगमले जारी गरेको पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) को अवस्थाले अहिले नै आत्तिनुपर्ने कुनै कारण नरहेको उहाँको दाबी छ । 

महाप्रबन्धक उपाध्यायका अनुसार भारतबाट आयात हुनुपर्ने मात्रामा ग्यास आइरहेको छ । उद्योगपरिसरमा भने म्याद नाघेका पुराना सिलिन्डरको सङ्ख्या बढ्दै गएको छ । कोशी ग्यास अफ ग्रुप अन्तर्गत कोशी प्रदेशमा कोशी ग्यास, मधेशको जनकपुरमा नोबेल ग्यास, नारायणगढमा जानकी र काठमाडौँका लागि धादिङमा श्रीराम ग्यास उद्योग रहेका छन् । 

यी चारै कम्पनीले मासिक दुई हजार ८४४ मेट्रिक टन ग्यास आयात गरेर दुई लाख सिलिन्डर बजारमा पठाउँदै आएको उपाध्यायले जानकारी दिनुभयो । जसका लागि १५८ बुलेट ग्यास भारतको हल्दिया, पाराजु, बरौनी वा दुहाबाट आयात गर्ने गरिएको छ । 

नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीले दैनिक २० बुलेट ग्यासको पिडिओ जारी भइरहेको बताउनुभयो । उहाँले अहिलेसम्म उद्योगले ग्यास नपाएको कुनै पनि गुनासो सुनिएको छैन । कोशी प्रदेशका पाँच वटा ग्यास उद्योगले नेपाल आयल निगमको विराटनगर कार्यालयबाट पिडिओ लिने गरेका छन् । जसमा कोशी, प्रिमा, शुभम, रिजालको र मारुती ग्यास उद्योग हुन् । 

आयल निगमले दैनिक जारी गर्ने पिडिओ अहिले पनि जारी भइरहेकाले बजारमा चलेको हल्ला जस्तो ग्यास अभाव हुन सक्ने सम्भावना नरहेको निगमका प्रादेशिक प्रबन्धक कार्कीको भनाइ छ । 

उपभोक्ता अनावश्यक आत्तिनुपर्ने र घरमा थन्क्याएर राखेका पुराना सिलिन्डर साटेर ग्यास राख्नुपर्ने जरुरी नभएको उद्योगी बताउँछन् । अति गर्मी हुने सहरमा धेरै वटा ग्यासका सिलिन्डर लगेर राख्दा लामो समयसम्म बस्ने भएकाले त्यसबाट अन्य जोखिमसमेत निम्तिन सक्नेतर्फ पनि सचेत हुन अनुरोध गरिएको छ । आयात भइरहेका बेला माग बढिरहेको ग्यास घरमा भण्डारण गरेर लामो समयसम्म पुग्ने गरी राख्न नपर्ने सुझाव दिइएको छ । 

उद्योगीका अनुसार यसअगाडिको नाकाबन्दी अनि कोरोनाको समयमा उपभोक्ताले घरमा पाँचदेखि आठ वटासम्म सिलिन्डर ग्यास भण्डारण गरेका थिए । सहज हुँदा पनि पुराना सिलिन्डर भने उद्योगसम्म पु¥याउने भूमिका खेलेनन् । त्यसै गरी होटेलले समेत त्यसरी नै ग्यास सुरक्षित गरेका थिए तर सहज भएपछि सिलिन्डर उद्योगसम्म पु¥याएनन् । लामो समय प्रयोगमा नआएका सिलिन्डरको म्याद गुज्रियो, अहिले अभावको हल्ला चलेपछि सबैले डिलरबाट साटे । साटिएर कम्पनीमा पुगेका सिलिन्डरको म्याद गुज्रेकाले ती सिलिन्डर थन्क्याउनुपर्ने स्थितिमा उद्योग पुगेको हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर