नेभिगेसन मेनु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु
सम्पादक:南亚网络电视
समय:2026-01-12 11:49

 

 chess

काठमाडौँ, पुस २८ गते । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ ।

प्रतियोगितामा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि छन् । एकेडेमीको काठमाडौँ महानगर–११ स्थित थापाथालीमा रहेको चेस हलमा आयोजित प्रतियोगिताको पहिलो दिन शीर्ष वरीयताका अभिक शाहले अनरेटेड सूर्यप्रताप सिंह कार्कीलाई पराजित गर्दै १ अङ्क जोड्नुभयो । 

यस्तै सजल न्यौपाने, हार्दिक पन्त, लियोन महर्जन, अनमोल राई, निहाना श्रेष्ठ, शुभांग प्रधान, अरिज राई, आशिर्वाद थापा, अभिक रेग्मी, प्रवीर केसी, विराज सरिया, सात्विकमान तुलाधर, उजिभानी कँडेल र रोहित श्रेष्ठले पनि जित हात पार्नुभयो । 

एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देष्यले काठमाडौँ जिल्ला चेस संघसँग सहकार्य गर्दै १८ वर्षमुनिका खेलाडीका लागि क्लासिकल चेसको प्रतियोगिता आयोजना गरेको हो । स्वीस प्रणालीको आधारमा नौ चरणको प्रतियोगिता नौ दिन चल्नेछ, जसमा प्रत्येक खेलमा खेलाडीलाई ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ ।

हिमालयन च्यालेन्जर्समा २४ पुरुष र ६ महिला खेलाडी सहभागि छन् । खेलाडीको औसत उमेर १३ वर्ष रहेको छ । रेटेड खेलाडी १४ जना छन् भने अनरेटेडको संख्या १६ रहेको छ । औसत फिडे रेटिङ १४६८ रहेको छ । १९१८ रेटेड अभिक शीर्ष वरीयताका खेलाडी हुन् ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरोन्नतिका लागि क्लासिकल चेस उपयुक्त मानिन्छ । त्यसैले दुर्लभ हुँदै गएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमी संस्थापक मोनालिशा खम्बू बताउनुहुन्छ । 

दैनिक एक राउन्डको खेल हुनेछ । पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीबाट प्रत्येक राउन्डको समाप्तिपछि खेलको विश्लेषण गर्ने व्यवस्था गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर