नेभिगेसन मेनु

फिदिममा च्याब्रुङ नाच्ने तालिम,४९ जनाले लिए प्रशिक्षण
सम्पादक:南亚网络电视
समय:2025-11-10 12:01

 

 Untitled-2

फिदिम, कात्तिक २४ गते । लिम्बू संस्कृतीमा आधारित च्याब्रुङ नाच (केलाङ) सम्बन्धि सप्ताहव्यापी प्रशिक्षण पाँचथरको फिदिममा सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुम्हात्लुङ गडी मन्दिर परिषरमा सञ्चालित प्रशिक्षण याक्थुङ मुन चइत पाँचथर (लिम्बू चलचित्रकर्मी सङ्घ) ले आयोजना गरेको हो ।

लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाच संरक्षणसँगै आफ्ना पिता पुर्खासँग भएको ज्ञान र सीप युवा पुस्तामा हस्तान्तरण गर्ने उद्येश्यले यो प्रशिक्षण सञ्चालन गरिएको आयोजक याक्थुङ मुन चइत पाँचथरका अध्यक्ष फुङसो जवेगूले जानकारी दिनुभयो ।

प्रशिक्षणमा लिम्बू र गैर लिम्बू समुदायका प्रौढ र किशोर किशोरीसँगै बाल बालिका गरी ४९ जनाले प्रशिक्षण लिएका छन् ।

प्रशिक्षणमा सैदान्तिक र प्रयोगात्मक सत्रहरू सञ्चालन भएका थिए । प्रशिक्षण सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेको आयोजक सस्थाले जनाएको छ । तालिम समापन समारोहको अवसर पार्दै तालिमका प्रशिक्षक र सहयोगीहरूलाई कदर पत्र र नगद सहित सम्मान गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर