नेभिगेसन मेनु

नारायणगढ-बुटवल सडक : दाउन्नेमा सडक चिप्लिएका कारण २१ घन्टादेखि यातायात ठप्प
सम्पादक:南亚网络电视
समय:2025-04-18 11:36

daaunne road block

एस् ए टी भी ०५ वैशाख, काठमाडौँः नारायणगढ-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो भएर २१ घन्टादेखि यातायात ठप्प बनेको छ। पूर्वी नवलपरासीको बर्दघाट र दुम्कीबासको बीचमा पर्ने १४ किलोमिटर सडक खण्ड अवरुद्ध बनेको हो । 

बिहीबार बिहान पानी परेपछि दाउन्नेको घ्यू खोला नजिक सडक चिप्लो भएका कारण आउजाउ गर्न सकेका छैनन् । जसका कारण सडक ठप्प बनेको छ भने हजारौँ यात्रु अलपत्र परेका छन् ।

बिहीबार बिहान ११ बजेबाट सडक ठप्प बनेको र अहिलेसम्म पनि यातायात अवरुद्ध नै रहेको जिल्ला प्रहरी प्रमुख यादव ढकालले जानकारी दिए। उनका अनुसार दुम्कीबास नजिकै घ्यू खोलामा राजमार्ग चिप्लो भएका कारण सडकमा जाम भएको हो । राजमार्ग फराकिलो पार्ने क्रममा भत्काइएको सडकमा ३ फिट अग्लो धुलो छ । पानी परेपछि धुलाम्मे रहेको हिलाम्मे भएको छ ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि चार घन्टासम्म जाममा परेका छन् । मन्त्री दाहाललाई प्रहरीले उद्धार गरेर राति ८ बजे चितवन पुर्‍याएको थियो । बुटवलबाट नारायणगढ जाँदै गरेका मन्त्री दाहाल दाउन्नेमा जाममा फसेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर