नेभिगेसन मेनु

दुबईका लागि उडेको निगमको जहाज भैरहवामा बिग्रियो
सम्पादक:南亚网络电视
समय:2025-03-06 11:47

narrowbody-nac-0632025043250

एस ए टिभी , २२ फाल्गुन, काठमाडौं :  काठमाडौंबाट १ सय ४९ यात्रु बोकेर दुबईका लागि बुधबार राति उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको छ ।

यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज हो ।

यसको बुधबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा यो विमान सवा ११ बजे राति अवतरण भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु थपेर यस्ले दुबई उड्नुपर्ने तालिका थियो ।

तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले यो विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै राति १ बजे ग्राउन्डेड गरेका थिए ।

भैरहवामा निगमका २ जनामात्रै कर्मचारी भएकाले राति अध्यागमन कार्यालय, भैरहवा विमानस्थल कार्यालयका घर गइसकेका कर्मचारीलाई बोलाएर यात्रुहरुलाई होटल लैजाने नियम अनुसार बिहान ४ बजेसम्म त्यहाँका विभिन्न होटलमा लगिएको थियो ।

निगम स्रोतका अनुसार काठमाडौंबाट उड्नुअघि यस्को फ्युल मिटर बदलेर करिब २ घन्टा ढिलो उडाइएको थियो । ‘निगमका कार्यकारी अध्यक्ष उपचारका लागि दिल्ली जानु भएको छ । यो इन सर्भिस समस्या भएकाले मर्मत सम्ब्नधी उहाँसँग कुराकानी भइरहेको छ,’ निगमका एक निर्देशकले भने, ‘अध्यक्षको निर्देशन अनुसार काठमाडौंबाट इन्जिनियर पठाएर मर्मत गराएर आजै बिग्रिएको जहाज दुबई पठाउने तयारी भइरहेको छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर