नेभिगेसन मेनु

एसीसी पुरुष अन्डर–१९ एसिया कप, नेपाल पहिलो खेल श्रीलंकासँग खेल्दै
सम्पादक:南亚网络电视
समय:2024-11-29 11:38

1732843593_Untitled design - 2024-11-29T070953_697-1200x560

एस् ए टी भी १४ मङ्सिर, काठमाण्डौंः एसीसी पुरुष अन्डर–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल आज श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे यूएईको शारजाह क्रिकेट स्टेडियममा हुनेछ। 

दुवै टोली  सुखद् सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रदैछन्। बलियो मानिएको श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। शक्ति गौचनको प्रशिक्षणमा नेपाली टोली एसिया कपमा उत्रन लागेको हो। नेपालले आफ्नो दोस्रो खेल पर्सी आइतबार बंगलादेश र तेस्रो खेल मंगलबार अफगानिस्तानसँग खेल्ने तालिका छ। 

प्रतियोगितामा एसियाका आठ देश सहभागी छन्। नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई छन्।  

यसैबीच आजै हुने अर्को खेलमा अफगानिस्तान र बंगलादेश भिड्ने छन्। बंगलादेश साविक बिजेता पनि हो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर