नेभिगेसन मेनु

अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही
सम्पादक:南亚网络电视
समय:2024-11-21 18:42

1732183204_pradip-1200x560

एस् ए टी भी ६ मङ्सिर, काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको छ।

तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा शुल्क पारदर्शी बनाउन यस्तो परिपत्र जारी गरिएको हो।

मन्त्रालयले जारी गरेको परिपत्रमा अस्पतालहरूले आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न र सेवाग्राहीले सहजै जानकारी पाउने व्यवस्था गर्न भनेको छ। शल्यक्रिया शुल्क, शैय्याको विवरण, रेडियोलोजी र ल्याब सेवा तथा अन्य सेवाका शुल्कसमेत स्पष्ट रूपमा सार्वजनिक गर्न निर्देशन दिइएको छ।

मन्त्री पौडेलले कतिपय नागरिकले शुल्कबारे थाहा नपाउँदा ठगिने गुनासो गरेपछि शुल्क पारदर्शी बनाउन कदम चालेका हुन्। मन्त्रीको निर्देशनपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी भइरहेको छ। उनले भने, ‘पहिलो चरणमा अनुगमन गरिनेछ। शुल्क सार्वजनिक नगर्ने वा तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा नियमानुसार कारबाही हुनेछ।’

परिपत्रअनुसार सबै प्रकारका टिकट तथा सेवाका विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीले शुल्कबारे स्पष्ट जानकारी पाएर सेवा उपयोग गर्न सजिलो होस् भन्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

शुल्क पारदर्शी बनाउन अस्पतालहरूले समयमै आवश्यक विवरण सार्वजनिक नगरे कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर