नेभिगेसन मेनु

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि
सम्पादक:南亚网络电视
समय:2024-09-06 15:08

gold

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । बिहीबार तोलामा एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर