काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबारको तुलनामा तोलामा २५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।