नेभिगेसन मेनु

रामेछापको दोरम्बामा पहिरो, २ को मृत्यु ८ जना बेपत्ता
सम्पादक:南亚网络电视
समय:2024-08-25 11:47

ramechap pahiro

अबिरल वर्षासँगै मध्यरातमा गएको पहिरोले रामेछापमा ४ घर बगाउँदा २ जनाको मृत्यु भएको छ। पहिरोमा ८ जना हराईरहेका छन्।

जिल्लाको पश्चिमी दोरम्बा शैलुङ गाउँपालिका ३ लेखर्कमा गएराति आज बिहान करिब २ः३० बजे गाउँमाथिबाट खसेको पहिरोले ४ घर बगाउँदा २ जनाको मृत्यु भएको र घटनामा ८ जना हराईरहेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिईन्।

‘राति २ः३० को घटना रहेछ, सुरक्षाकर्मीलाई पौने तिन बजेतिर खबर आयो’ उनले भनिन् ‘स्थानीय र सुरक्षाकर्मीको टोलीले एक जनालाई घाईते अवस्थामा उद्वार गरेको छ भने दुई जनाको शव फेला पारिएको छ।’

उनले दोरम्बा, टोकरपुर बाट प्रहरी र सेनाको टोली घटना थाहा पाए लगत्तै परिचालित भएको बताइन्। जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले खोज, उद्वार बढाउने निर्णय गरेको र सुरक्षा समितिको टोली घटनास्थल तर्फ गईरहेको निरौलाले बताइन्।

बाढीले एउटा पुल समेत बगाएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताइन्।

स्थानीयले भने घटनास्थल नजिकै दोरम्बा र टोकरपुरमा प्रहरी साथै दोरम्बामा सेनाको ब्यारेक रहेपनि बिहान मात्रै ढिलो गरि टोली घटनास्थल पुगेको बताएका छन्।

घटना स्थल गाउँपालिका कार्यालय र दोरम्बा बजारबाट १ घण्टा दुरीमा रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर