नेभिगेसन मेनु

२५ प्रतिशत जनतालाई सेवा दिएको एनसाईसी एसिया बैंकको दाबी
सम्पादक:南亚网络电视
समय:2024-07-22 15:39

nic_m11D3T5Iyn

एनआईसी एसिया बैंकले सेवा विस्तारलाई थप तीब्रता दिएको जनाएको छ । बैंक २७ औँ वर्षमा प्रवेश गरेको अवसरमा सो जानकारी गराइएको हो । 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मका आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको समेत बैंकले बताएको छ । मुलुकभर ३६० शाखा, ६७० एटीएम, ११८ विस्तारित काउन्टर एंव ५१ वटा शाखासहित सञ्जालबाट लाखौं ग्राहकमार्फत गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको बैंकको भनाइ छ । 

बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तिय संस्थाको न्यून उपस्थित वा पहुँच नरहेका दुर्गम जिल्लामा समेत ३४ भन्दा बढी शाखा विस्तार गरी देशको कुना कुनामा बैंकिङ्ग सेवा पुर्याएको पनि दाबी गरेको छ । मुलुकको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा स्थापनाकालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी २६ अर्ब ५९ करोडभन्दा बढी राजस्व तिरेको बैंकले बताएको छ  । 

स्थापनादेखि हालसम्म योगदान दिने आफ्ना ग्राहक, नियमाक निकाय, शेयरधनी, कर्मचारीलगायत सरोकारवालामा आभार व्यक्त गर्दै बैंकले भनेको छ, ‘नेपालको वित्तिय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं, त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ ।’

आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहित बैंकिङ्ग सेवासुविधा प्रदान गर्दै सबैको पहिलो रोजाई बन्ने अठोट छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको एनआइसी एसियाले आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै लगेको छ । 

सन् १९९८ मा स्थापित बैंकले बैंकिङ सेवाको २६ वर्ष पूरा गरेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर