नेभिगेसन मेनु

बर्खा लागेपछि पीडितलाई दोस्रो किस्ता
सम्पादक:南亚网络电视
समय:2024-07-12 12:07

Untitled-1

असार २८ गते  । गत वर्षको कात्तिक १७ गते जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भई लाभग्राही कायम भएका रुकुमपश्चिमका १६ हजार भूकम्पीडितका लागि दोस्रो किस्ताको रकम निकासा भएको छ । 

जिल्ला प्रशासन कार्यालयले १६ हजार लाभ्रग्राहीलाई अस्थायी आवास निर्माणबापतको ४० करोड रुपियाँ सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भूकम्पबाट प्रभावित घरपरिवारलाई आवास निर्माण कार्यविधि २०८० ले निर्दिष्ट गरेबमोजिम अस्थायी आवासका लागि दोस्रो किस्ताको रकम पठाइएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म लाभग्राही कायम भएका ३२ हजार ९९६ जनालाई २५ हजार रुपियाँको दरले पहिलो किस्ताको रकम उपलब्ध गराइसकिएको छ । लाभग्राही कायम भएकामध्ये दुई हजार दुई जनाले अझै पनि पहिलो किस्ताकै अनुदान रकम पाएका छैनन् । अस्थायी आवास बनाएका लाभग्राहीमध्ये हालसम्म चौरजहारी नगरपालिकाका दुई हजार ९४५, आठबिसकोट नगरपालिकाका तीन हजार १३, सानीभेरी गाउँपालिकाका पाँच हजार ६४५ र त्रिवेणी गाउँपालिकाका चार हजार ३८८ जनाका लागि दोस्रो किस्ताबापतको ४० करोड रुपियाँ निकासा पठाइएको छ । 

लाभग्राही कायम भएकामध्ये १६ हजारलाई दोस्रो किस्ताको रकम पठाइएको छ भने थप रकम माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्तले पालिकाबाट माग भई आएका आठबिसकोट नगरपालिका दुई हजार ९८५ जना, बाँफीकोट गाउँपालिकाका दुई हजार ४२५ जना र त्रिवेणी गाउँपालिकाका ३३७ जना गरेर पाँच हजार ७४७ जना लाभग्राहीका लागि दोस्रो किस्ताको रकम राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गरिएको छ । पालिकाले विपत् पोर्टलमा समावेश भएका लाभग्राही अनुसार रकम माग गरेको आधारमा प्रशासनले प्राधिकरणमा माग गर्ने गरेको छ । आर्थिक वर्ष समापन हुँदासम्म पनि टहरा निर्माणको अनुदान रकम नपाएको भन्दै समस्या भएको पीडितको गुनासो रहेको छ । पुनर्निर्माणको काम सुरु गर्ने बेला टहराकै रकम पाउन नसकेको उनीहरूको गुनासो छ । आठबिसकोट नगरपालिका–१४ का विराज परियारले ऋण निकालेर टहरा बनाएको तर सरकारबाट अझै पनि सबै रकम नपाएको पीडा पोख्नुभयो । 

उहाँका अनुसार बर्खायाममा टहरामा बस्नु पर्दा थप समस्या झेल्नु परेको छ । अस्थायी रूपमा बनाइएका अधिकांश टहरामा पानी चुहिने समस्या रहेको छ । आकाशको पानी टहराभित्रै पस्दा घरायसी सामग्री जोगाउन मुस्किल परेको परियारले बताउनुभयो । भूकम्प गएको महिनौँ बितिसक्दा पनि कतिपयले पहिलो किस्ताकै रकम पाएका छैनन् भने लाभग्राही कायम भएका अधिकांशले दोस्रो किस्ताबापतको रकम पाएका छैनन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर