नेभिगेसन मेनु

मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-07-10 12:55

truck-accident3

असार २६ गते  । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ स्यालामा तरकारी लिनका लागि गएको रा १ ख २१३१ नम्बर मिनी ट्रक दुर्घटना हुँदा चालक महेश थापाको मृत्यु भएको हो । 

रुन्टीगढी गाउँपालिका स्यालस्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा तरकारी लिएको गएको समयमा मङ्गलवार राती साढे ११ बजेको समयमा गाडी फर्काउने क्रममा दुर्घटना हुँदा रुन्टीगढी गाउँपालिका–६ निगालपानी निवासी अन्दाजी ३२ वर्षीय महेश थापा रहेको इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज देवीप्रसाद गैरेले जानकारी दिनुभएको छ । 

दुर्घटनामा सोही ठाउँ निवासी  ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते हुनुभएको छ । इन्चार्ज गैरेका अनुसार घटना बारेमा थप अनुसन्धान भइरहेको छ ।  मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ । मिनी ट्रक सडकदेखि ५०-६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर