नेभिगेसन मेनु

ललितपुर महानगरमा 'घर घरमा नगर प्रहरी' अभियान
सम्पादक:南亚网络电视
समय:2024-06-06 12:34

lalitpur-nagar-police12024-06-06-10-03-52

ललितपुर महानगरपालिकाले 'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' अभियान सुरु गरेको छ । नगरवासीका समस्या र गुनासो सुन्न नगरप्रहरी स्थानीयवासीको घर घरमै पठाउने उद्देश्यले यस्तो अभियान थालिएको हो । नगरवासीका समस्या पहिचान गर्न, नगर प्रहरी र सुरक्षाको अनुभूति गराउन, जनताले कर तिरे नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न यस अभियानले मद्दत पुर्‍याउने महानगरका मेयर चिरिवाबु महर्जनले जानकारी दिए।

बिहिबार बिहान अभियानको उद्घाटन गर्दै मेयर महर्जनले नगरप्रहरी २४ सै घन्टा नगरवासीको सेवामा समर्पित रहेको बताउँदै नगर प्रहरी र नगरपालिकाको सेवा व्यापक बनाउने बताए । 'घरघरमा नगर प्रहरी पठाउनुका कारण धेरै छन्, नगरबासीले मेरै बारेमा गरेका गुनासा सम्बोधन गर्छु,' उनले भने, 'यो अभियानले स्थानीवासीसंग नगरपालिकाबीचको दुरी कम गर्ने छ, हामीलाई स्थानीयको समस्या थाहा हुनेछ ।' 

घरघरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता मेयर महर्जनलाई जानकारी गराउने छ । यस अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । ती मध्ये समुह समुह बनाएर घरघरमा नगर प्रहरी पठाइने छ । एउटा समुहमा पाँच जना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक तीन हजारभन्दा बढी घरमा नगरप्रहरी पुग्ने छ । नगरप्रहरीले नगरपालिकाका सेवाहरु नगरवासीले लिए नलिएको बुझ्ने छ भने निशुल्क दमकल , ढल निकास, शव वाहन, फुटपाथ लगायत सेवाबारे जानकारी गराउने छ । 

अभियानको उद्घाटन कार्यक्रममा बोल्दै ललितपुरका प्रहरी प्रमुख शेखर खनालले नगरप्रहरीसंग हातेमालो गरेर काम गर्दा सहज भएको बताए । उनले नगर प्रहरी सकृय भएसँगै नेपाल प्रहरीले पनि हातेमालो गरेर नगरवासीको सेवामा खटिएको बताए । यसबाहेक हाल नगरपालिकाले वातावरण प्रहरी गठन गरेको छ । सो टोलीले वातावरण जोगाउन काम गर्नेछ भने कालो धुवा फ्याक्ने थोत्रा सवारीसाधनलाई कारबाहि गर्नेछ । यो अभियान १ महिनासम्म रहने नगरप्रहरी प्रमुख सिताराम हाछेथुले बताए । यो अवधिमा सबैको घरघरमा र पसलपसलमा नगरप्रहरी पुग्ने उनले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर