नेभिगेसन मेनु

सरकार पनि, कुरा मात्रै
सम्पादक:南亚网络电视
समय:2024-06-06 12:15

naka_pbOR8AZIyA

सरकार नै हल्लामात्रै गर्ने, काममा ध्यान नदिने भएपछि जनताले के गर्लान् ? छिमेकी तिब्बतसँग जोडिएको संखुवासभास्थित किमाथांका नाका खुल्यो भनियो, हेर्दा पुरानो ताल्चा उस्तै !

गत मे २५ तारिख, अर्थात् जेठ १२ गते चीनसँग जोडिने १४ वटै नाका खुल्ने भनियो । तर, सबै खुलेनन् । चीनको हैन, नेपालको कारण त्यस्तो भएको बताइन्छ । नाका खोलेपछि त्यहाँ भन्सार, सुरक्षाजस्ता युनिट राखिनुपर्छ । चिनियाँका भवनसहित भौतिक पूर्वाधारदेखि सुरक्षा जनशक्तिसम्म सबै तयार छन्, तर नेपालतिर केही तयारी देखिएन । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की हेलिकोप्टर चढेर संखुवासभाको भोटखोला, च्याम्ताङ हुँदै तिब्बती भूमि डेन्दाङ, चाँगासम्म पुगे । तर, नाकाचाहिँ खुलेन । सरकारले भन्सार कार्यालय नखोलेको होइन, तर त्यो सदरमुकाम चैनपुरमै छ । त्यहाँबाट किमाथांकाको दूरी एक सय ६२ किलोमीटर छ । गाडी पुग्दैन । हिँडेर जाँदा दुई दिन लाग्छ ।

अर्कातिर, विश्वको सर्वोच्च शिखर सगरमाथाको चौथो शिविरमा टेक्दा घडीले चीनको समय देखायो भनी केही पर्वतारोहीले समयकै कारण असुरक्षित हुनुपरेको गुनासो पोखेका छन् । केही वर्षअघि सगरमाथाको उचाई पुनः जाँच गर्ने क्रममा खटिएका नेपालतर्फका एक अधिकृतले बताएअनुसार, फ्रिक्वेन्सीका आधारमा कहाँ, कुन समय देखाउने भन्ने निर्भर हुन्छ । चीनको उच्चस्तरीय इन्टरनेट प्रविधि र सगरमाथा क्षेत्रको आसपास फैलिएको इन्टरनेट सञ्जालका कारण उतैको जिपिएस आकर्षित हुँदा त्यस्तो भएको हो । जबकि, सगरमाथाको नक्सा, उचाई र आरोहणमार्गमा कुनै समस्या छैन । मात्रै, समय तल–माथि देखिएको उनीहरूको भनाइ छ । नेपालले आफ्नो इन्टरनेट सञ्जाललाई नाम्चेसम्म व्यवस्थित गरे पनि प्रयोगकर्ता वृद्धि हुँदा त्यसले पर्याप्त मात्रामा जिपिएससँग सम्पर्क राख्न सक्दैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर