नेभिगेसन मेनु

सापकोटाविरुद्धको रिटमा असार १२ गते निर्णय हुने
सम्पादक:南亚网络电视
समय:2024-06-06 11:54

agni_Sapkota-1

जेठ २४ गते । सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको व्यक्ति हत्या आरोपको जाहेरी दर्ता हुने वा नहुने विषयको विवादमा असार १२ गते अन्तिम आदेश सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जाहेरी दर्ताको माग गर्दै २०६९ मङ्सिर ७ गतेदेखि विचाराधीन विवादमा संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोकेको हो । 

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संवैधानिक इजलासले बहस सकेर निर्णय सुनाउने मिति तोकेको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

शान्ति प्रक्रिया प्रारम्भ भइसकेको भन्दै जिल्ला प्रहरी कार्यालयले सापकोटाविरुद्धको जाहेरी दर्ता इन्कार गरेको थियो । सोपछि लामा पत्नी पूर्णिमायाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । २०६२ वैशाख १६ मा अपहरणमा पर्नुभएका लामाको अपहरणपछि हत्या भएको थियो ।  

विवाद अदालतमा विचाराधीन रहेकै बेला सापकोटा मन्त्री नियुक्त हुनुभएपछि उहाँविरुद्ध पुनः अर्को रिट दर्ता भएको थियो तर सर्वोच्चले नियुक्ति बदरको माग अस्वीकार गरेको थियो । मुद्दा विचाराधीन रहेकै अवस्थामा उहाँ सभामुखसमेत निर्वाचित हुनुभएको थियो । संवैधानिक इजलासले उक्त घटनामा सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी परे वा नपरेको समेत जवाफ माग गरेको थियो । 

सापकोटाविरुद्धको मुद्दामा रिट जारी भएका जाहेरी दर्ता र नियमित प्रक्रियाबाट द्वन्द्धकालीन घटनाको अनुसन्धानको प्रक्रिया अघि बढ्ने छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर