नेभिगेसन मेनु

बजेट नछुट्याएकोप्रति स्थानीयको गुनासो
सम्पादक:南亚网络电视
समय:2024-06-02 11:44

11

जेठ २० गते । समैजी विमानस्थल निर्माणका लागि यस पटक पनि बजेट नछुट्याएकोप्रति स्थानीयले गुनासो पोखेका छन् । यसअघि तीन पटक प्रारम्भिक अध्ययन गरेर पनि बजेट नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उक्त विमानस्थल निर्माण गर्न चार अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको छ । अजयमेरु गाउँपालिका–१, पुइलेकमा विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणको अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) थालिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा विमानस्थल छैन भन्ने आवाज उठेपछि २०७९ सालको चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले विमानस्थल निर्माण गर्ने बताउनुभएको थियो । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा समैजी विमानस्थल निर्माणको विषय नै उल्लेख गरिएको छैन । प्रारम्भिक अध्ययनले विमानस्थल निर्माण हुने अपेक्षा राखेको बजेटमा रकम नपर्दा यहाँका स्थानीय आक्रोशित बनेका छन् ।

राजनीतिक दाउपेचका कारण यो विमानस्थल निर्माणका लागि बजेट नपरेको आरोप प्रदेश सभा सदस्य डा. तारा जोशीले लगाउनुभयो । विमानस्थल निर्माणका लागि परियोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । सो क्षेत्रमा एक हजार पाँच सयदेखि एक हजार सात सय मिटर लम्बाइको धावनमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । दनेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ सालमा पाँच करोड रुपियाँ विनियोजन गरेको थियो । उहाँका अनुसार विमानस्थल निर्माणका लागि अग्लो भूभाग धेरै कटान गर्नुपर्ने देखिएको छ । विमानस्थलको चौडाइ भने १५० मिटरको हुने अध्ययनले देखाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर