नेभिगेसन मेनु

चट्याङले बालकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-05-07 13:07

chatyang

वैशाख २५ गते । हावाहुरीसँगै परेको चट्याङका कारण अछामको रामारोशनमा एक ६ वर्षीय बालकको ज्यान गएको छ । सोमबार बेलुकी परेको चट्याङले रामारोशन गाउँपालिका ७ सुतारका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको निधन भएको हो । 

घरको दैलामा बसेको अवस्थामा टाउकोमा परेको चट्याङले गौरवको घटनास्थलम‌ै निधन भएको पूर्व वडा अध्यक्ष खडक भण्डारीले जानकारी दिनुभयो । फोनको नेटवर्क नभएका कारण बिहान मात्रै प्रहरीलाई जानकारी दिएको भण्डारीको भनाइ छ । 

सोमबार बेलुकी नै परेको चट्याङका कारण सोही वडाका नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको बताइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर