नेभिगेसन मेनु

घोडाघोडीमा चरा गणना तथा अनुसन्धान हुँदै
सम्पादक:南亚网络电视
समय:2024-05-22 11:42

bird

नेपालको पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा गर्मी याममा चरा गणना तथा अनुसन्धानको कार्य थालिएको छ । 

गर्मी सिजनमा चराको सङ्ख्या, प्रजाति, अवस्था लगायत पत्ता लगाउने उद्देश्यले चरा गणना तथा अनुसन्धानको कार्य थालिएको हो । 

प्रदेश सरकारको कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय पहलमानपुरमार्फत चरा गणना तथा अनुसन्धानको कार्य थालिएको छ । यसको व्यवस्थापन नेपाल पन्क्षी संरक्षण सङ्घ (बीसीएन) ले गरेको छ । 

घोडाघोडी चरा अभय आरण्य क्षेत्रको सबै क्षेत्रमा चरा गणना तथा अनुसन्धानको कार्य गरिने चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँले एक हप्तासम्म गणना तथा अनुसन्धानको कार्य हुने उल्लेख गर्नुभयो । चरा गणनाको लागि विज्ञसहित पाँच जनाको टोली परिचालन भएको छ । 

घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा ३८० प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये ११ प्रजाति विश्वमै दुर्लभ रहेको जनाइएको छ । यसैगरी, ७४ प्रजातिका जलपक्षी पाइने गरेका छन्। चरा तथा चराको वासस्थानको संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले दुई वर्ष अगाडि घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) घोषणा गरेको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर