नेभिगेसन मेनु

धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद
सम्पादक:南亚网络电视
समय:2024-05-28 12:32

1716865054_baramad-1200x560

सशस्त्र प्रहरी धनुषाले २३ लाख बराबरको काजु किसमिस बरामद गरेको छ।

सोमबार राति भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको २३ लाख बराबरको काजु किसमिस जनकपुरधाम उपमहानगरपालिका-१ सीता चौकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

२१ क्विन्टल काजु र ५ क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरेको काजु किसमिसको बजारको मूल्य २३ लाख बराबरको रहेको सशस्त्र प्रहरीले जनाइएको छ।

भारतबाट अवैध रूपमा काजु किसमिस नेपाल भित्र्याएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं ८ गण हेक्वा धनुषा मातहतका सुरक्षा वेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीको कमाण्डमा टोली खटिएको थियो। उक्त टोलीले काजु किसमिससहित मधेस प्रदेश ०४-००१ ख ०१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

बरामद गरिएको काजु किसमिस आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको उपरीक्षक गिरीले बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर