नेभिगेसन मेनु

महिनै पिच्छे सरकार अरबौंको घाटामा, पछिल्लो ९ महिनामा आम्दानी भन्दा खर्च २ खर्बले बढी
सम्पादक:南亚网络电视
समय:2024-05-15 12:17

mahalekha-parikshak-office-1

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।

कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको हो । आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा ८ खर्ब ३१ अर्ब ९३ करोड रुपियाँ संकलन भएको छ ।

जसमध्ये कर शीर्षकतर्फ ७ खर्ब ४६ अर्ब ८३ करोड रुपियाँ आम्दानी देखिएको छ भने गैरकरतर्फ ८५ अर्ब १० करोड रुपियाँ आम्दानी भएको छ ।

यसबाहेक सरकारले समीक्षा अवधिसम्म दुई अर्ब ७५ करोड रुपियाँ अनुदान र अन्य प्राप्तितर्फ २२ अर्ब ३३ करोड रुपियाँ आम्दानी गरेको छ । चालु आवमा सरकारले सार्वजनिक ऋणबाहेक १४ खर्ब ७२ अर्ब ४८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

समीक्षा अवधिसम्म सरकारको पुँजीगत खर्च झन् खस्किएकोे छ ।

गत आवको तुलनामा पुँजीगत खर्च नै घटाएको सरकारले समीक्षा अवधिसम्म लक्ष्यको ३७.०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड रुपियाँ पुँजीगत खर्च गरेको छ ।

यसबाहेक चालुतर्फ सरकारले लक्ष्यको ६५.९१ प्रतिशत अर्थात् सात खर्ब ५२ अर्ब ५५ करोड रुपियाँ खर्च गरेको छ । सार्वजनिक ऋणको ब्याज तिर्न यस वर्ष वित्तीय खर्च बढाएको सरकारले चैतसम्म यस शीर्षकमा एक खर्ब ९२ अर्ब ४५ करोड रुपियाँ खर्च गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर