नेभिगेसन मेनु

नगरपालिकाको दुई करोड भाडा उठेन
सम्पादक:南亚网络电视
समय:2024-05-12 11:54

tikapur

वैशाख ३० गते । टीकापुर नगरपालिकाले भाडामा लगाएका भवन र सटरबाट उठाउन बाँकी बक्यौता रकम एक करोड ८५ लाख ९० हजार ५८३ रुपियाँ पुगेको छ । उक्त बक्यौता भाडामा लगाएका ९३ वटा सटर (कोठा) मध्ये ८१ वटा पसलमा बसेका व्यापार व्यवसायीले २०८० असार मसान्तसम्म तिर्न बाँकी रकम हो । 

यसमा १६ लाख ५६ हजार ४१७ रुपियाँ रकम जरिबानाबापतको हो । नगरपालिका राजस्व शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार मासिक सात लाखका दरले चालु आर्थिक वर्षको १० महिनाको ७० लाख थपिँदा भाडा बक्यौता रकम साढे दुई करोड रुपियाँ नाघेको छ ।

सबैभन्दा बढी पद्म अछाम ज्वेलर्सका सञ्चालक रतनबहादुर टमाटाको मासिक २७ हजारका दरले हुन आउने भाडा १० लाख ३२ हजार ७४ रुपियाँ छ । फेमली ट्रेडर्सका सञ्चालक लोकेन्द्र चपाईको मासिक २३ हजार एक सयका दरले १० लाख १० हजार ४७ रुपियाँ बक्यौता पुगेको छ ।

२०७५ साल पुसअघि बोलकबोलमा बढाबढ गरी सटर भाडामा लिएका व्यवसायीबाट भाडा नउठेपछि नगर कार्यपालिकाको २०७७ पुस २५ गतेको बैठकले माघदेखि लागु हुने गरी २७ जना व्यवसायीको भाडा घटाएको थियो । उक्त निर्णयसँगै भाडा घटेपछि मासिक दुई लाख १० हजार छ सय रुपियाँ राजस्व नोक्सान भएको छ । 

नगरपालिकाले भाडा घटाए पनि महालेखा परीक्षकको २०७८ भदौ ४ मा सार्वजनिक भएको आव २०७६/७७ को प्रतिवेदनमा सम्झौताको सर्त अनुसार उठ्न बाँकी ५९ लाख ६६ हजार असुलउपर गर्न सुझाएको थियो । यस विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो लिएपछि नगरपालिकाले पहिला बोलकबोल गरे अनुसारकै भाडा बुझाउन व्यवसायीलाई पत्राचार गरेको थियो । 

“नगरपालिकाले भाडा घटाइसकेपछि खुरुखुरु भाडा तिर्‍यौँ, कोरोना पनि आयो, नगरपालिकाले पनि पहिलेकै अनुसार भाडा तिर् भनेपछि तिर्न सकेनौँ,” आरती एन्ड आकाश ट्रेडर्सका सञ्चालक भागीरथी देउवाले गुनासो राख्नुभयो । उहाँ भन्नुहुन्छ, “अब पाँच लाख भाडा पुग्यो, कसरी तिर्ने ?”

त्यस्तै न्यु प्रकाश साइकल स्टोरका सञ्चालक द्वारिका तिमिल्सिनाले पहिले धेरै कबोल गरेकाको भाडा घटाएको देखेर बिस्तारै हाम्रो पनि घट्ला भनेर ३२ हजार ५११ रुपियाँ कबोल गरेँ, अब नघट्ने भएपछि भाडा घटाइपाऊँ नत्र छोड्छु भनेर निवेदन दिएँ न भाडा घटायो न छोड्न भन्यो । मेरो सटरको भाडा पाँच लाख पुग्यो अब कसरी तिर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

नयाँ टेन्डर गर्ने सहमति

भाडा घटाउनुपर्ने माग गर्दै भाडामा बसेका व्यापारीले नगरपालिकाको कार्यालय घेराउ र तालाबन्दी गरेपछि दुई पक्षीय सहमति भएको छ । 

नगरपालिकाले जरिबाना छुट दिनुपर्ने, तत्काल भाडा तिर्न सक्ने अवस्था नभएकाले बैङ्क ग्यारेन्टी लिई केही महिनासम्म किस्ताबन्दीमा तिर्ने सुविधा दिनुपर्ने, केही सटरको भाडादर अत्यधिक भएकाले पुनः टेन्डर गर्नुपर्ने र २०८१ साउन १ देखि लागु हुने गरी असार मसान्तभित्रै नयाँ टेन्डर गरिसक्ने सहमति भएको छ । 

टीकापुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष खड्काले भाडाका विषयमा नगरपालिकासँग सहजीकरण गरी व्यवसायीलाई विस्थापित हुनबाट जोगाउने बताउनुभयो । नगर प्रमुख रामलाल डगौरा थारूले आफू व्यवसायीको हितमै रहेको तर कानुनमा मिल्नेसम्मको सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर