नेभिगेसन मेनु

बझाङको मतपेटिका हेलिकप्टरमार्फत ओसारियो
सम्पादक:南亚网络电视
समय:2024-04-28 13:38

b-1

बैशाख १६ गते । बझाङको प्रदेश (क) को उपनिर्वाचनका लागी जिल्लाको बिकट साइपाल गाउँपालिकाबाट सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ओसारेको छ । 

आइतबार भएको निर्वाचनमा जिल्लाकोे प्रदेश (क) का साईपाल गाउँपालिका बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका आइतबार राति नै जिल्ला सदरमुकाम चैनपुर पुगाइएको छ ।  

मुख्य निर्वाचन कार्यालयले आज बिहान ११ बजे सर्बदलीय बैठक राखेर आज दिउँसोबाट मतगणना गर्ने कार्यक्रमको तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेको छ । आज बिहान ११ बजे सर्बदलीय बैठकपछि दिउँसो १ बजेबाट मत गणना गर्ने तयारी छ” । 

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । जिल्लाभरी ४९.११ प्रतिशत मत खसेको समेत मुख्य निर्वाचन कार्यालयले जनाएको छ । ६१ हजार ७७४ मतदाता रहेको बझाङ प्रदेश (क) मा ३० हजार २२८ मत खसेको छ । जसमा पुरुष १४ हजार ४२९ र महलिा १५ हजार ८९९ रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर