नेभिगेसन मेनु

खडेरीले अन्नबाली सुक्न थाले, किसान चिन्तित
सम्पादक:南亚网络电视
समय:2024-05-05 19:11

khaderi-le-sukeko-makai

नेपालगन्ज, वैशाख २३ गते। लामो समयदेखि पानी नपर्दा भएको खडेरीले खेतमा लगाइएको अन्नबाली सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन्।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार लामो खडेरीका कारण खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ।पानीका मुहान पनि सुक्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँका अनुसार लामो समयदेखि पानी नपर्दा यहाँका किसानले लगाएको हिउँदे बाली सुक्न थालेको गुनासो दिनदिनै सयौं किसानले कार्यालयमा आएर गर्न थालेको बताउनुभयो। 

बाँके कोहलपुर ७ लखनाका किसान रामबहादुर थारुले लामो समयदेखि पानी नपर्दा आफुहरुले लगाएको अन्न बाली सुक्न थालेको गुनासो गर्नुभयो।

लामो समयदेखि पानी नपरेको हुँदा मौसम तातिरहेको र अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनाएकोले किसानले बारीमा मकै छर्न नपाएर छटपटाइरहेको खजुरा– ३ का किसान रविलाल कँडेलले बताउनुभयो ।

कोहलपुर ७ का किसान ठग्गा थारुका अनुसार मौसम परिवर्तन हुँदै गएर परेको खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको र बाली खेतबारीमा नै मर्न थालेपछि अधिकांश किसान के खाएर वर्षभर बिताउने भन्ने चिन्तामा छन् ।

लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत सेतीराम बबालले बताउनुभयो।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार विशेष गरेर हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ भने खडेरीकै कारणले सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको छ।

बाँकेका धेरैजसो स्थानमा आकाशे वर्षाका भरमा खेती गरिने हुँदा यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, मुसुरोलगायतका व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर