नेभिगेसन मेनु

नारायणी नदी–किनारमा आजदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव
सम्पादक:南亚网络电视
समय:2024-03-22 13:20

chitwan2024-03-22-10-33-44

आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको नारायणी नदी–किनारमा शुक्रबारदेखि सांस्कृतिक महोत्सव सुरु हुँदै छ ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा हुन लागेको ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ ले भाषा, कला, संस्कृतिको संरक्षण रप्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ । जसका लागि नारायणी नदी–किनारमा आदिवासी जनजातिको गाउँ नै तयार भएको छ ।

नदी–किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिन्छ । तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम तमूका अनुसार गुरुङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन् । सबै घर खर र बाँसको प्रयोगबाट कलात्मक शैलीमा बनाइएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर