नेभिगेसन मेनु

जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2024-03-04 13:48

Untitled-8

जनकपुरधाममा धार्मिक पर्यटन  प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन् ।

होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दा बढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले अयोध्याका लागि प्रस्थान गर्नुभएको हो ।

अयोध्यामा राममन्दिर निर्माण भएपछि त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताउनुभयो ।

दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनको बढावा दिनु नै अयोध्या भ्रमणको मूल उद्देश्य रहेको होटेल व्यवसायी सङ्घ मधेसका अध्यक्ष विजय झुनझुनवलाले बताउनुभयो । अयोध्या भ्रमणका क्रममा होटेल व्यवसायीले अयोध्यास्थित राममन्दिरमा पूजा आराधना गर्नुका साथै कोशेली पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

त्यस्तै त्यहाँका ‘टुर्स एण्ड ट्राभल्स एजेन्ट’सँग पनि छलफल गर्ने कार्यक्रम रहेको होटेल व्यवसायीले जनाएका छन् । अयोध्या प्रस्थान गर्नुअघि शनिबार बेलुका होटेल व्यवसायीले जानकी मन्दिरमा पूजा आराधना गर्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर