नेभिगेसन मेनु

महाशिवरात्री पर्वका लागि पर्यटनमन्त्रीको अध्यक्षतामा मूल समिति गठन
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-02-26 13:17

Sudan_Kirati2023-06-21-12-22-00

पशुपतिनाथ मनिदरमा महाशिवरात्री पर्व मनाउनका लागि पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा ४१ सदस्यीय मूल समिति गठन भएको छ । विगतमा दुई सय भन्दा धेरै सदस्य रहने गरी ठूलो समिति गठन हुने गरेकोमा यो वर्ष चुस्त समिति बनेको छ । समितिको सदस्यहरूमा पर्यटन राज्यमन्त्री, सांसद गगन थापा, राष्ट्रिय योजना आयोगका सदस्य, काठमाडौं महानगरपालिकाका मेयर, पशुपतिनाथ मन्दिरका मुल भट्ट, पर्यटन मन्त्रालयका सचिव, गृह मन्त्रालयका सचिव लगायत विभिन्न सरकारी निकायका प्रतिनिधिहरू छन् । 

त्यस्तै, ८ वटा उपसमिति पनि बनेका छन् । सदस्य सचिव राजु खत्रीको संयोजकत्वमा सुरक्षा व्यवस्था, कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा स्वंयसेवक परिचालन, परिषद्का सदस्य रामेश्वर संगतको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रीकालिन व्यवस्था उपसमिति गठन भएको छ । 

परिषद्का सदस्य बाबुशरण सुवेदीको संयोजकत्वमा प्रचार प्रसार, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, हरिनाथ ढकालको संयोजकत्वमा साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, रेणुका पराजुलीको संयोजकत्वमा वातावारण, सरसफाई तथा जुत्ता चप्पल व्यवस्थापन, शिक्षित पराजुलीको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्थार डा.भरत प्रसाद बडालको संयोजकत्वमा मेला बजार तथा साजसजावट उपसमिति गठन गरिएको छ । 

यो वर्ष २५ फागुनमा महाशिवरात्री रहेको छ । पशुपतिनाथ मन्दिरमा महाशिवरात्री भव्यताका रुपमा मनाउन तिव्र तयारी भइरहेको सदस्य सचिव खत्रीले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर