नेभिगेसन मेनु

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ: उपप्रधानमन्त्री खड्का
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-06 12:45

dsfgnd

मङ्सिर २० गते । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्री स्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

सम्मेलनका अवसरमा आज संयुक्त राष्ट्रसङ्घ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधानमन्त्री खड्कासँग शिष्टाचार भेट गर्नुभयो । भेटमा उपमहासचिव खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद दिनुभयो । 

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र सङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको समेत उल्लेख गर्नुभयो । साथै यसका लागि संयुक्त राष्ट्र सङ्घबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिनुभयो । 

आजै संयुक्त राष्ट्रसङ्घ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गर्नुभयो । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदर स्वरूप संयुक्त राष्ट्र सङ्घको मुख्यालय तथा शान्ति मिसनहरूमा समेत नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र सङ्घका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप–२८ मा समेत जोडदार रूपमा नेपालले उठाएको स्मरण गराउनुभयो । 

आजै उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षा मन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गर्नुभयो । रक्षा मन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले कतिपय शान्ति मिशनमा घाना र नेपाली शान्ति सैनिकहरूले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्न सधैँ तत्पर रहेको बताउनुभयो । 

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्री स्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले त्यस अवसरमा घाना र नेपालबिच द्विपक्षीय सम्बन्ध बिस्तार गर्न पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको जानकारी गराउनुभयो ।

उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल र भारतबिच रही आएको बहु आयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबिचको सहयोग र सहकार्यका बारेमा छलफल भएको थियो । 

सोमबार साँझ उपप्रधानमन्त्री खड्काको स्वागतमा घानास्थित गैर आवासीय नेपाली सङ्घले एक कार्यक्रम आयोजना गरेको थियो । गैर आवासीय नेपाली सङ्घ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपालीहरू विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेको उल्लेख गर्नुहुँदै घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घानामा आउन कठिनाइ भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउन समेत समस्या भएको बताउनुभएको थियो । 

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदानप्रदान गर्न र नेपालको कला, संस्कृति प्रवर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नका लागि उत्प्रेरित गर्न एवं आफूले सिकेको ज्ञान र आर्जन गरेको रकम नेपालमा पठाउनका लागि गैर आवासीय नेपाली सङ्घले सहजीकरण गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर