नेभिगेसन मेनु

गाजामा इजरायलले दैनिक दुई ट्रक इन्धन जान दिने
सम्पादक:南亚网络电视
लेखक:एजेन्सी
समय:2023-11-18 13:51

1-gaza_aid_Aq5nxSnsi6

काठमाडौं : इन्धनको चरम संकट भोगिरहेको गाजामा इजरायलले दैनिक दुई ट्रक इन्धन जान दिने भएको छ। गाजाका सबैजसो नाका बन्द गराएर आक्रमण जारी राखेको इजरायलले गाजाका अस्पताल इन्धन अभावले बन्द हुने अवस्थामा पुगेपछि दैनिक दुई ट्रक इन्धन प्रवेशको अनुमति दिने घोषणा गरेको हो। 

इजरायल अमेरिकी दबाबमा इन्धनका गाडीलाई प्रवेश दिन लचक भएको हो। दुई ट्रकमा इजरायलमा दैनिक १ लाख ४० हजार लिटर इन्धन सप्लाई हुनेछ। यसरी गएको इन्धन त्यहाँ सहयोगका लागि पुगेका राष्ट्र संघीय एजेन्सीका उद्धारकर्मी तथा मोबाइल फोन तथा इन्टरेनट सेवा प्रदायकले प्रयोग गर्नेछन्। 

प्यालेस्टाइनी शरणार्थीहरुका लागि काम गर्दै आएको राष्ट्र संघीय एजेन्सीले त्यहाँ हरेक दिन सहायतामा खटिएकाहरुका लागि मात्रै दैनिक १ लाख ६० हजार लिटर इन्धन आवश्यक रहेको बताएको थियो। गत सात अक्टोबरबाट जारी गाजा आक्रमणमा हालसम्म १२ हजार बढीको मृत्यु भइसकेको छ इजरायलले आक्रमण रोकेको छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर