नेभिगेसन मेनु

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा–अर्चना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-25 19:07

13

धनुषा, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको  जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । 

जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पूजा अर्चना गराउनुभएको हो । राष्ट्रपति पौडेलले जानकी माताको पूजा गरेपश्चात् मन्दिरको परिक्रमा गर्नुभएको थियो । सो क्रममा उहाँले मन्दिर परिसरमा रहेका सवा लाख शालिग्राम भगवानको दर्शनसमेत गर्नुभयो । 

उहाँले मन्दिर परिसरमा हुँदैआएको अखण्ड सीतारामको भजन कीर्तनमा समेत सहभागी हुनुभयो । राष्ट्रपति पौडेलसहितका टोलीलाई मन्दिर परिसरमा महन्थ दासले फूलमालासहित खादा लगाएर सम्मान गर्नुभयो । आधा घण्टाका लागि मन्दिरमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको थियो । 

नगर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । राष्ट्रपति पौडेलले जानकी माताको दर्शन सकेर मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उहाँको सम्मानमा राख्नुभएको दिवाभोजमा  सहभागी हुनुभयो । 

मधेश भवन परिसरमा राखिएको दिवाभोजमा सरिक भएकै समयमा राष्ट्रपति पौडेलसँग प्रदेश प्रमुखको भेटघाट भएको छ । लामो समयदेखि मधेशी जनताले  प्रतीक्षा गरेको नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी माताको दर्शन गर्न सोमबार बिहान जनकपुरधाम आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई मुख्यमन्त्री सरोजकुमार यादवसहितले विशेष स्वागत गर्नुभयो । 

राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । सोही ठाउँमा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम निर्धारण गरिएको जनकपुरधामका नगरप्रमुख मनोज साहले जानकारी दिनुभयो ।

तस्बिर : धर्बेन्द्र झा र राष्ट्रपतिको निजी सचिवालय

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर